TodayPati

वीरगन्जमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु

टुडेपाटी-
वीरगन्ज, भदौ १६ गते ।

कोरोना भाइरसको संक्रमणबाट वीरगन्जमा थप ३ जनाको मृत्यु भएको छ ।

बारा कोल्वीकी एक ६० वर्षीय महिला, वीरगन्ज महानगरपालिका- २० हरपतगंजका ५३ वर्षिय एक पुरुष र पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. चितरञ्जन साहले जानकारी दिए ।

Sponsored

वीरगन्ज हरपतगंजका ५३ वर्षिय पुरुष साउन ३१ गते वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनमा मधुमेहको साथै श्वासप्रस्वासको समस्याले उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. साहले बताए ।

यसैगरी सोमबार राती नै पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुषको मृत्यु भएको हो ।

Sponsored

मृत्युपछि उनको जीन एक्सपोर्ट विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा. साहको भनाई छ ।

सोमबार साँझ नारायणी अस्पतालको अकास्मिक कक्षमा उपचारका लागी आएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यसैगरी कोरानाकै कारण बारा जिल्लाको कोल्भीकी ६० वषीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ ।

उपचारका लागी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको उनको आज विहानै मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित रहेका उनमा समेत श्वासप्रस्वासको समस्या रहेको चिकित्सक डा चितरञ्जन साहले बताए ।

योसँगै पर्सामा हालसम्म ३९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *