वीरगञ्जमा थप ७९ जनामा कोरोना पुष्टि, संक्रमित ६ महिनाको शिशुदेखि ९७ वर्षको वृद्धसम्म
टुडेपाटी
बीरगञ्ज, भदौ १४ गते ।
वीरगञ्जस्थित नरायणी अस्पतालमा शनिबार राति विभिन्न स्थानबाट आएका व्यक्तिहरुको स्वाब परिक्षण गर्दा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएका व्यक्तिहरु पर्सा, बारा, मोरङ र काठमाडौँका रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रशासकीय अधिकृत विनयप्रसाद श्रीवास्तवका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये पर्साको विभिन्न पालिकाका ४७ जना, बाराका ३० जना र मोरङ र काठमाडौंका १÷१ जना रहेका छन् ।
थपिएका सङ्क्रमित ६ महिनाको शिशुदेखि ९७ वर्षको वृद्धपनि छन् । ४ सय ४२ जनाको स्वाबलाई परीक्षण गर्दा ७९ जनाको नतिजा पोजेटिभ आएको उनले बताए ।
Sponsored