TodayPati

धरानामा कोरोना संक्रमणबाट एकैदिन आमाछोराको मृत्यु

टुडेपाटी-
धरान, भदौ १४ गते ।

धरानमा एकैदिन कोरोना संक्रमणबाट आमा छोराको मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार ज्यान गुमाउने दुवैजना धरान उपमहानगरपालिका १७ रेल्वे निवासी एकै घरका हुन् ।

मृत्यु हुनेमा एकै परिवारका सौतेती आमाछोरा रहेका छन् । धरानका ७४ वर्षीया वृद्धा र अर्का मृतक ६० वर्षीय वृद्ध पुरुष उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

Sponsored

७४ वर्षीय वृद्धाको बिहान साढे ८ बजे मृत्यु भएको थियो। उनलाई हिजो राति ८ बजेर ३७ मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धालाई मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो। यसैगरि, अर्का निधन भएका वृद्धको आज बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई पनि हिजो राति नै प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको पनि पिसिआर रिपोर्ट हिजो नै पोजेटिभ आएको हो । मृतकलाई मधुमेहको समस्याका साथै २ महिनादेखि कलेजको बिरामी पनि देखिएको थियो । मृतक दुवैजना रेल्वे चोक निवासी एकै परिवारका सदस्य रहेको वडाअध्यक्ष मनोज भट्टराईले बताएका छन् ।

योसँगै धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । कोरोना संक्रमणबाट प्रदेशमा मृत्यु हुनेको संख्या भने ३१ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *