प्रदेश २ मा थप ५७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?
टुडेपाटी
बीरगञ्ज, भदौ १२ गते ।
प्रदेश २ मा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा, रौतहट र सर्लाहीमा ५७ जना कोरोना संक्रमित थपिएका हुन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालामा ३ सय ८ वटा स्वाब नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमितमध्ये १७ जना महिला छन् ।
वीरगञ्जस्थित दुई वटा अस्थायी कोभिड अस्पतालमा ३७ जना महिला १ सय ३१ जना कोरोना संक्रमित उपचाररत छन् । कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा ६ जना महिलासहित २० जना आईसीयुमा छन् । बिहीबार ६२ वर्षीय एक पुरुषलाई थप उपचारका लागि ग्रान्डी हस्पिटलमा पठाइएको छ ।
Sponsored
कोभिड अस्पताल गण्डकमा १ जना महिलासहित ९ जना आईसीयुमा छन् । जसमध्ये ६० वर्षीय पुरुषको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।