जनकपुरमा ‘आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन हुने
टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।
जनकपुरधाममा आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान सञ्चालन हुने भएको छ ।
सामान्य प्रकृतिका बिरामीहरुलाई पनि समयमा उपचार प्रदान गर्ने उद्देश्यका साथ कोरोना महामारीको संकटपूर्ण समयमा जनकपुरधाम उपमहानगरपालिका–७ ले ‘आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान’ सञ्चालन गर्न लागेको हो ।
बालबालिक, महिला र वृद्धवृद्धाको अवस्थालाई ध्यान दिंदै अभियान सुरु गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।
आफ्नो वडाबासीलाई प्रत्येक शुक्रवार, शनिवार र आइतवारका दिन बिहान ८ बजेदेखि १० बजेसम्म चिकित्सकहरु डा. ज्याउल हक (गाइनो), डा. श्रीराम शर्मा (जेनरल फिजिसियन र मेडीसिन) र डा. जाफर राईन (बाल रोग विशेषज्ञ) को टिमद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
वडाध्यक्ष जानकिराम साहको संयोजकत्वमा आपातकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानका लागि समिति समेत गठन गरिएको छ । समितिका सदस्यमा पत्रकार किरण कर्ण, कार्यपालिका सदस्य श्यामा झा, जिरोमाइल प्रहरी चौकीका इन्चार्ज, नागरिक समाजका डा. बिनोद साह, योग गुरु मनोहर प्रसाद साह,मोहम्मद गुलाम रसूल,जीरोमाइल युवा कमिटीका अध्यक्ष, भैरव युवा कमिटीका अध्यक्ष, वडा सदस्य संतोष सरवरीया, वडा सदस्य मो. नाजिर हुसेन र वडा सदस्य रामराजी देवीलगायतकाहरु रहेका छन् ।
Sponsored