निषेधाज्ञाको समयमा घर बाहिर नजान सम्झाउँदा सप्तरीमा एक किशोरले गरे आत्महत्या
टुडेपाटी-
सप्तरी, भदौ १० गते ।
सप्तरीमा निषेधाज्ञाको समयमा घर बाहिर नजान भनी सम्झाउँदा एक किशोरले आत्महत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका ४ का १४ वर्षीय कमलेश साहले घरको छानामा डोरीको पासो लगाई मंगलबार मध्यराती आत्महत्या गरेका हुन् ।
कमलेशको अभिभावकले सम्झाउँदा आवेगमा आएर आत्महत्या गरेको हो ।
कोरोना महामारीको समयमा साथीभाइसँग निषेधाज्ञाको बेला पनि घुम्न निस्किने बानी परेका उनलाई मंगलबार अभिभावकले त्यसो नगर्न भनी सम्झाएका थिए । घरका मानिस सुतिसकेपछि बाहिर निस्केका उनले आङ्गनको छेउमा घरको बलोमा झुण्डिएपछि बुधबार बिहान मृत अवस्थामा फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
घटनाबारे प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोलीले मुचुल्का उठाई कमलेशको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु(याई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी भारतीले बताए ।
उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएको छ’ स्थानीय म्याक्सल बोर्डिङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत ती किशोरले अभिभावकले कोरोनाबाट जोगाउन बाहिर नजान दिएको राम्रो सल्लाहलाई पनि मनन् गर्न नसकि गरेको आत्महत्याप्रति छरछिमेकलाई समेत आश्र्चय लागेको छ ।
Sponsored