TodayPati

उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषा १५ भदौ सम्मका लागि बन्द

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीका अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको छ ।

भदौ १५ गतेसम्मका लागि उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालयकै कर्मचारीहरु नै कोरोनाबाट संक्रमित भएका कारण अत्यावश्यक सेवा बाहेक सम्पूर्ण काम कारवाही बन्द गर्ने निर्णय गरिएको हो ।

Sponsored

केही साता अगाडि मात्रै उच्च अदालत जनकपुरका एक न्यायाधिश र सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको थियो । उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरु बिच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको छ ।

सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाई भने जारी रहने जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *