TodayPati

बिरामीको उपचारमा कमिकमजोरी नगर्न क्विक रेस्पोन्स् टिमको ध्यानाकर्षण

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

प्रदेश २ कोरोना महामारीको उच्च जोखिम तथा सबैभन्दा बढी प्रभावित क्षेत्र रहेकोले महामारी रोकथाम तथ नियन्त्रणमा समन्वय गर्न स्थानीय युवाहरुले सञ्चालन गरेको स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमले प्रादेशिक अस्पतालका चिकित्सकहरुलाई ध्यानाकर्षण गराएको छ ।

प्रादेशिक अस्पतालका मेसु डा. नागेन्द्र यादव, कोभिड अस्पतालका जिल्ला संयोजक डा.जामुनप्रसाद सिंह र रेडक्रसका प्रमुख नरेशप्रसाद सिंहलाई बिरामीलाई रगतको आवश्यकता, एम्बुलेन्सको उपलब्धता र उपचारमा कमिकमजोरी नगर्न ध्यानाकर्षण गराएको हो ।

Sponsored

कोरोना महामारीविरुद्धको यस लडाइमा प्रदेश सरकार असक्षम र सुस्त रहेको तथा सरकारी संयन्त्रले काम कारबाहीलाई गतिलो, उपयोगी र पारदर्शी बनाउन नसकेको उनीहरुको आरोप छ ।

यसअघि मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहसँग समेत भेटघाट गरी पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टाइन आइसोलेसनको संख्या वृद्धि गर्न, प्रादेशिक अस्पताल जनकपुरको बेथितिलाई सुधार गर्न, छुट्टै कोभिड अस्पताल व्यवस्थापन गर्न, अस्पतालहरुमा आइसियु र भेन्टिलेटर थप्न, डाइलासिस हुन नपाएर मृत्यु भएका प्रमोद महतोको परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन र घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारबाही गर्नलगायतका समस्याहरुको शिघ्र समाधान गर्न आग्रह गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *