जनकपुरमा एक युवकको शव पोखरीबाट बरामद
टुडेपाटी-
जनकपुरधाम, भदौ ६ गते ।
जनकपुरमा एक युवकको शव पोखरामा फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका – ९ स्थित पीडारी चोकमा रहेको गोरधोई पोखरीमा एक युवक शव फेला परेको हो ।
सर्लाही घर भई हाल जनकपुरमै डेरा लिइ बस्दै आएका अन्दाजी २२ वर्षीय अविनाश कर्णको शव पोखरामा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशामा सङ्लग्न रहेको र केही महिनादेखि मानसिक सन्तुलन ठीक नभएकाले उनको उपचार समेत हुँदै आएको डिएसपी मिश्रले बताए ।
मृतकका परिवारजन समेत सम्पर्कमा आइसकेकाले शवको पोष्टमार्टम गरी बुझाउने परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।
Sponsored