चिनियाँ केटीले हङकङमा चलाउँछन् यौनधन्दा, महामारीमा सीमा पार गर्न खोज्दा ३८ यौनकर्मी पक्राउ
एजेन्सी-
काठमाडौं, भदौ ६ गते ।
हङकङमा कोरोना प्रकोपबीच यौनर्कमा लगाउन चीनबाट महिलाहरुको तस्करी हुने गरेको खुलेको छ ।
प्रहरीका अनुसार भिषा नभएका महिलाहरुलाई यौनधन्दा चलाउने समूहले अवैधानिक रुपमा हङकङ भित्र्याउने गरेका छन् ।
कोरोना प्रकोपबीच गत अप्रिलबाट हङकङको सीमा बन्द गरिएको छ । जसका कारण चिनियाँ यौनकर्मीहरु हङकङ आउन पाइरहेका छैनन् ।
यसबीचमा यौनधन्दा चलाउने समूहले अवैधानिक रुपमा महिलाहरुको तस्करी गर्ने गरेको प्रहरीले बताएका छन् ।
ती महिलाहरु ठूला होटलहरुमा खटाइएको प्रहरीले बताएका छन् ।
Sponsored
एक स्रोतले एससीएमपीसँग भनेको छ, ‘चिमसाचोई र याउमातेइका होटलहरुमा मुख्यक्षेत्र चीनबाट तस्कर गरी ल्याइएका महिलाहरु खटाइएका छन् । प्रहरीले थाहा नपाउन भनेर महिलाहरुको खाने व्यवस्थाहरु सबै होटलको कोठामै गरिएको थियो ।’
यौनधन्दा चलाउने समूहले ग्राहकबाट एकपटकमा १३ सय हङकङ डलरसम्म असुल्ने गरेको पाइएको छ ।
स्रोतका अनुसार एक दिनमा सयभन्दा बढी ग्राहकले यी होटलहरु धाउँदथे । प्रहरीबाट बच्न मध्यराति १२ बजेदेखि सेवा बन्द गर्ने गरेको पनि जनाइएको छ ।
यौनधन्दामा संलग्न समूहले पटकपटक प्रहरी आए नआएको बारेमा निगरानी राख्दथे । स्रोतका अनुसार गत महिनामात्र यी समूहले ६० लाख हङकङ डलर राजस्व उठाए ।
बृहत अनुसन्धानपछि प्रहरीले यौनधन्दाको सिन्डिकेट पत्ता लगाएको हो । हङकङका २० स्थानमा प्रहरीले सयभन्दा बढी प्रहरीको सहयोगमा ३८ बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुबाट नगद ७ लाख ९० हजार हङकङ डलर बरामद गरिएको छ । यस यौनधन्दाको सिन्डिकेटमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार तीन पुरुष र तीन महिलालाई पक्राउ गरिसकेको छ ।
यस्तै नियन्त्रणका क्रममा यौनधन्दामा संलग्न समूहका एक सदस्य पुरुषबाट २ लाख हङकङ डलर नगद बरामद गरिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २७ महिला यौनकर्मी चीनबाट हङकङ ल्याइएका हुन् । उनीहरुसँग हङङ प्रवेश गर्ने कुनै कागजात छैन ।
यस विषयमा थप अनुसन्धान जारी छ । अन्य धेरै व्यक्तिहरु, जो यस अपाराधसँग जोडिएका छन् उनीहरु पक्राउ पर्ने अनुमान छ ।
हङकङमा अवैधानिक यौनसम्पर्क अथवा वेश्यावृत्तिको उद्देश्यका लागि अवैधानिक रुपमा व्यक्तिहरु तस्कर गरिए अधिकतम १४ वर्षसम्मको जेल सजाय हुनसक्छ ।