TodayPati

बर्दिबासस्थित नमूना मुसहर बस्तीका बालबालिकालाई स्कूल पोशाक

बिवेक महतो
बर्दिबास, फागुन ८ गते ।

धुर्मुस– सुन्तली फाउण्डेसनद्वारा निर्मित एकिकृत नमूना मुसहर बस्तीका बालबालिकाहरुलाई स्कूल पोशाक वितरण गरिएको छ । जनता माध्यमिक विद्यालय बर्दिबासमा अध्ययनरत मुसहर जातिका ५३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

गौतम होटल, रोटरी क्लव र बालबालिकाहरुले पाउने छात्रवृत्तिको रकमबाट स्कूल पोशाक वितरण गरिएको जनता माध्यमिक विद्यालय बर्दिबासका प्रधानाध्यापक दिलिप तिवारीले जनाए ।

Sponsored

मुसहर जातीका बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले बर्दिबासस्थि होटलका प्रबन्ध निर्देशक हिरा गौतमले होटलको दैलोमा दुई बर्ष अघि दानपेटीका राखेका थिए ।

होटलमा आउने पाहुनाहरुले दानपेटीमा खसालेको रकम बराबरको थप आर्थिक सहयोग होटलको तर्फबाट गरेर एकिकृत नमूना मुसहर बस्तीका बालबालिकाहरुलाई र्शक्षिक सहयोग गर्दै आएको छ ।

स्कूलको मुख नदेखेका मुसहर समुदायका बालबालिकाहरु समाजसेवी तथा हाँस्यकालकार धुर्मुस सुन्तलीको प्रेरणाले दुई बर्षदेखि निरन्तर विद्यालय गइरहेका छन् ।

Sponsored

बर्दिबास नगरपालिका वडा नम्बर– २ का वडा अध्यक्ष चोलाराज प्याकुरेल, वडा नम्बर– १४ का वडा अध्यक्ष भरत हमाल, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश– २ का अध्यक्ष तथा गौतम होटलका प्रबन्ध निर्देशक हिरा गौतम, रोटरी क्लव बर्दिबासका अध्यक्ष शम्भू भट्टराई, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली, बर्दिबास उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतम, युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो, निर्वत्तमान विद्यालय व्यवस्थापना समितिका अध्यक्ष देवनारायण महतोले बालबालिकाहरुलाई स्कूल पोसाक वितरण गरेका थिए ।

पुस्तौदेखि रोग, भोक, शोकले थलिएका मुसहरहरुका लागि समाजसेवी तथा हाँस्यकालकार धुर्मुस सुन्तलीले दुई बर्ष अघि महोत्तरीको बर्दिबास–१४ स्थित एकिकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “बर्दिबासस्थित नमूना मुसहर बस्तीका बालबालिकालाई स्कूल पोशाक

  • February 20, 2020 at 10:49 am
    Permalink

    धेरै धेरै धन्यवाद धुर्मुस सुन्तली फाउन्डेसनलाइ

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *