TodayPati

सञ्चारमन्त्री बाँस्कोटालाई राजिनामा दिलाउन प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव

टुडेपाटी-
काठमाडौं, फागुन ८ गते ।

सञ्चारमन्त्री बाँस्कोटालाई राजिनामा दिन दवाव बढेको छ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि चौतर्फी रुपमा मन्त्री बाँस्कोटाको आलोचना तथा राजिनामा दिन दवाव बढेकोहो ।

समाजिक सञ्जाल लगायत चौतर्फी मन्त्री बाँस्कोटाको आलोचना तथा राजिनामा माग भएपछि बिहीबार बिहानै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उनलाई राजिनामा दिलाउन ठीक हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छभन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा प्रचण्डले यस्तो सुझाब दिएको स्रोतले बताएको छ ।

Sponsored

यसै विषयमा छफलफल गर्न मन्त्री बाँस्कोटालाई प्रधानमन्त्री ओलीलेमन्त्रालय बोलाएको छ ।
ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिने वा नदिने केहि समय कुर्नै पर्ने छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।

मन्त्री गोकुल बाँस्कोटाले फोनबाटै मागे ७० करोड कमिसन, सरकारमा खलबली मच्चियो (अडियो सहित)

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *