TodayPati

इन्सपेक्टरको संरक्षणमा वडाध्यक्षको गुण्डागर्दी, सिंगो परिवार कुटिदा पनि लिएनन् उजुरी

टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।

प्रहरीकै संरक्षणमा धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष संजिव यादव गुण्डागर्दीमा उत्रेका छन् । यसअघि कयौं काण्डमा मुछिएर पनि कारबाही नभएका वडाध्यक्ष संजिव यादव मंगलबार फेरी एक परिवारमाथि नै कुटपिट गरेका छन् ।

मंगलबार फेरी वडाध्यक्ष यादवले वडा नं. ९ का तेजी यादवका सपरिवारमाथि कुटपिट गरी घाइते बनाएका छन् । वडाध्यक्षको नेतृत्वमा स्थानीय अनरजीत यादव, प्रदीप यादव, रामप्रसाद यादव, नगेन्द्र यादव लगायतले कुटपिट गरी सपरिवारलाई नै घाइते बनाएका हुन् ।

Sponsored

कुटपिटबाट तेजी यादव, उनका श्रीमती मन्तोरिया देवी यादव, छोरा भरोसी यादव, बुहारी सोनी यादव र कान्छो छोरा सत्रोहन यादव घाइते भएका छन् । घाइतेहरुको उपचार अहिले ढल्केबर स्थित एक क्लिनिकमा भइरहेको कुटपिटबाट घाइते भरोसी यादवले टुडेपाटीलाई जानकारी दिए ।
लामो समययदेखि काठचोरी र ग्राइभेल चोरीको धन्दामा लागेका वडाध्यक्षले आफ्नो काममा नसघाएको भन्दै कुटपिट गरेको पीडित परिवारले आरोप लगाएका छन् ।

मंगलबार बिहानै वडाध्यक्ष यादवले एक घर मिस्त्री पवन साहलाई समेत कुटपिट गरेका थिए ।
सिंगो परिवारमाथि कुटपिट गर्दा इलाका प्रहरी कार्यालय ढल्केबरले भने निवेदन लिन अस्वीकार गरको छ । वडाध्यक्ष संजिव यादवको नाम हटाए मात्र उजुरी दर्ता गर्ने प्रहरी निरीक्षक तीर्थ कार्कीले बताएको पीडित परिवारले सुनाए ।

यता प्रहरी निरीक्षक कार्कीले परिवारमाथि कुटपिटपछि पीडित परिवार निवेदन दिन आएको तर मिलेर गएको दावी गरे । उनले अफुले उजुरी दर्ता नगरेको कुरा झुटो रहेको समेत बताए । ‘कुटपिटको उजुरी दर्ता गर्न आएका थिए । तर पीडित परिवार आफै मिलेर गए’ उनले भने ।
गुण्डागर्दीमा उत्रेका वडाध्यक्ष संजिव यादवलाई यसअघिदेखि नै प्रहरी निरीक्षक कार्कीले सहयोग गर्दै आएका छन् ।

Sponsored

यसअघि पनि धनुषाधाम नगरपालिका–९ पुर्वपश्चिम महेन्द्र राजमार्ग स्थित घडेरी विवादमा गत जेठ २८ गते वडा अध्यक्ष संजिव यादव लगायतले महोत्तरीको गौशालाका नगरपालिकाका दिपलाल महतो र उनका भाइलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । सो घटनाको उजुरी लिनपनि प्रहरी निरीक्षक कार्की मानेको थिएनन् । पछि उजुरी दर्ता गर्दा समेत लामोसमय सम्म उनलाई प्रहरी निरीक्षकले पक्राउ गरेका थिएनन् ।

यसअघि असारको दोश्रो सातामा धनुषाधाम नगरपालिका–९ धारापानी स्थित श्री माध्यमिक प्राविधिक विद्यालयको जग्गाबाट झण्डै डेढसय टेलर ग्राइभेल वडाध्यक्ष यादवकै नेतृत्वमा चोरिएको आरोप लागेको थियो । उक्त घटनामा जेसीभी चालक र सहचालकलाई प्रहरी निरीक्षक कार्कीले कारबाही नगरी नगरपालिकालाई जिम्मा लागाएको थियो ।

काठ तस्करी र ग्राइभेल उत्खनन जस्ता धन्दामा कमाएको रकमबाट वडाध्यक्ष निरीक्षक कार्कीलाई समेत कमिसन दिने गरेको कारण उनी दुवैजनाको गहिरो सम्बन्ध रहेको स्थानीयले बताएका छन् । प्रहरीको संरक्षण पाएपछि वडाध्यक्ष यादव आफ्नो धन्दामा बाधा पुर्याउने तथा आफ्नो कुरा नमान्नेलाई जथाभावी कुटपिट गर्ने गरेका छन् ।

प्रहरी निरीक्षक कार्कीमाथि समेत तस्करसँग मिलोमतोमा खोला उत्खनन गराएको, अपराधीलाई पक्रन आनाकानी गरेको आरोप लाग्दै आएको छ ।

ढल्केवरका ईन्सपेक्टर कार्कीको काम : अपराधी र खोला तस्करलाई संरक्षण

धनुषामा विद्यालयको ग्राभेल चोर्ने मानिस र जेसिबीलाई प्रहरीले कार्वाही नै नगरी छाडे

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *