TodayPati

राष्ट्रिय झण्डा जलाउने म्युजिक भिडिओको ‘क्यामेराम्यान’ पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।

प्रहरीले राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने ‘क्यामेराम्यान’ समु इसाक लिम्बुलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

Sponsored

स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन् । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।
सोमबार एक युट्युव च्यानल मार्फत “देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ ।

‘यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौं । गायकको खोजी तीव्र भइरहेको छ,’ महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने,’बितृष्णा फैलाउने गम्भीर कसुर गरेको छ । हामीले अनुसन्धान गरिरहेका छौं ।’

Sponsored

महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *