TodayPati

ढल्केवरका ईन्सपेक्टर कार्कीको काम : अपराधी र खोला तस्करलाई संरक्षण

टुडेपाटी

जनकपुरधाम, असार २९ गते ।

महोत्तरीको गौशालाका नगरपालिकाका तीनजना दाजुभाइलाई कुटपिट गरी घाइते बनाएका धनुषाधाम नगरपालिका–९ का वडाध्य संजिव यादवलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ ।

Sponsored

कुटपिट घटनाहुँदाकै बखत उजुरी लिन समेत आनाकानी गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले पक्राउ पुर्जी जारी भएको करिब एक महिना हुन लाग्दा समेत पक्राउ गर्न सकेको छैन् ।

एकसातासम्म प्रादेशिक अस्पताल जनकपुरमा उपचार पछि दिनहँु प्रहरी कार्यालय धाउदा प्रहरीको रबैया देखेर पिडित दिपलाल महतो निराश बनेका छन् ।

‘कुटपिट हँुदा घटना स्थल पुगेका प्रहरीले नै उपचारकालागि अस्पताल सम्म पु¥याउन सहयोग ग¥यो । त्यतिबेला प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन, अहिले पक्राउ पुर्जी जारीभएपछि पक्राउ गरिरहेको छैन,’ उनले भने । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले कुटपिट गर्ने वडा अध्यक्षसंग मिल्न दवाव दिएको उनले बताए ।

Sponsored

This image has an empty alt attribute; its file name is 108825000_724446565021500_2136576743556626640_n.jpg

वडा अध्यक्ष यादवले आर्थिक प्रलोभन दिएपछि प्रहरी नरीक्षक कार्कीले मिल्न दवाव दिएको उनको भनाइ छ ।

खोला तस्करसँग पैसा खाएर विचौलीको काम गरेको आरोप लागेको प्रहरी निरक्षक कार्कीले पैसाकै लेनदेनका कारण वडाध्यक्ष यादवलाई बचाउन खोजेको महतोले बताए । तर उजुरी आएको भोलिपल्टै दर्ता गरी पक्राउ पुजी जारी गरेको प्रहरी निरक्षक कार्कीको भनाइ छ । उनका अनुसार वडाध्यक्ष यादव फरार रहेकाले उनको खोजीकार्य भइरहेको छ ।

धनुषाधाम नगरपालिका–९ पुर्वपश्चिम महेन्द्र राजमार्ग स्थित घडेरी विवादमा गत जेठ २८ गते वडा अध्यक्ष संजिव यादव लगायतका व्यक्तिलाई दुबै दाजुभाइलाई कुटपिट गरेको थियो । कुटपिटबाट उनका भाइको टाउको फुटेको थियो ।

प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि महतोले धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतलाई महतोले जानकारी गराएका थिए । उनकै निर्देशनपछि इलाका प्रहरी कार्यालय ढल्केवरले उजुरी दर्ता गरेको थियो ।

वडा अध्यक्ष संजिव यादवको जग्गा सडकमा पर्ने र केही फिटमात्र वाचे पछि महतोलाई जग्गा दिनुस भनी पटक–पटक धम्की दिंदै आएका थिए । जानकारी बिना जग्गामा मंदिर बनाउन जख खन्न लागेको जानकारी भएपछि रोक्न जादा तीनै दाजु भाइलाई वडा अध्यक्ष लगायतका व्यक्तिले कुटपिट गरेको महतोले बताए ।

योजनाबद्घ तरिकाले आफ्नो जग्गा कब्जा गरी मंदिर बनाउने तर्खरमा नापजोख गरीरहँदा रोक्न खोज्दा वडा अध्यक्षले यादवले कुटपिट गर्न आफना पक्षलाई निर्देशन दिएको पिडित महतोको आरोप छ ।
यसअघि समेत तस्करसँग मिलोमतोमा खोला उत्खनन गराएको, अपराधीलाई पक्रन आनाकानी गरेको ढल्केवरका प्रहरी निरिक्षक कार्कीमाथि आरोप लाग्दै आएको छ ।

खोला तस्करसँग सेटिङकै कारण तस्करी विरुद्ध समाचार लेख्दा प्रहरीको मिलिमतोमा पत्रकार मुकेश ठाकुरमाथि आक्रमण भएको बताइएको छ ।

यसअघि धनुषाको बटेश्वर गाउँपालिकामा अवैध खोला उत्खनन भइरहेको बारेमा पत्रकार विजय साहले प्रहरी निरक्षक कार्कीसित प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिइसकेपछि तस्कर पत्रकारसित बचेर खोला खन्न भनेका थिए । ती तस्करलेपछि अरुअरुपत्रकारलाई फोन गरी पत्रकार विजयले उत्खननबारे प्रहरीसँग प्रतिक्रिया लिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

धनुषामा विद्यालयको ग्राभेल चोर्ने मानिस र जेसिबीलाई प्रहरीले कार्वाही नै नगरी छाडे

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *