सप्तरीमा एकै परिवारका ८ सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि
शुभ नारायण यादव-
सप्तरी, भदौ २ गते ।
सप्तरीमा कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा गरिएका कोरोना परीक्षणमा एकै परिवारका ८ सहित ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारका स्थानीय ब्यापारीको परिवारका ३ महिलासहित आठ जनामा कोरोनो संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कायाृलय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । सोही परिवारका २८ वर्षीय पुरुषमा यसअघि नै संक्रमण देखापरेको थियो ।
उनकै कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको हनुमाननगर कङकालिनि नगरपालिकाका मेयर शैलेस कुमार साहले बताए । मेयर साहका अनुसार व्यवसायी परिवारका ६५, ५५, ३८, ३६ र १० बर्षीय पुरुष तथा ५०, ३० र २४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै उक्त परिवारका ९ जना सदस्य कोरोना संक्रमित भएका छन् । सबैलाई होम आइसोलेसनमा राखिएको जनाएको छ ।
यसअघि नै कोरोना पुष्टि भएका युवकको पनि ट्राभल हिस्ट्रि फेला परेको छैन । उनी अधिकांश समय पसलमै बस्ने गरको पाईएको छ । पसलमै ग्राहकबाट उनलाई कारोना सरेको अनुमान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
हाल सम्ममा सप्तरीमा कोरोना संक्रमितको संख्या ६८३ पुगेको छ भने मृतकको संख्या ३ पुगेको छ । सप्तरीमा हालसम्म ४८ महिलासहित ४६० जना कोरोना जितेर घर फर्किसकेको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाले जानकारी दिए ।
Sponsored