रौतहटमा पत्रकारसहित २४ जनामा कोरोना संक्रमण
टुडेपाटी-
रौतहट, साउन ३० गते ।
रौतहटमा पत्रकार, कर्मचारीसहित २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
रौतहटको गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १र१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए ।
गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए ।
विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय थपिएका संक्रमितलाई घरमै छाडिएको छ । रौतहटका आइसोलेसन सेन्टरहरु खाली रहेको अवस्थामा पनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढेको गौरका स्थानीयले बताएका छन् ।
Sponsored
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण
त्यस्तै सप्तरीमा पनि थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीको राजविराज नगरपालिकाका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर्षीय, ६५ बर्षीय र ३३ बर्षीय पुरुष, वडा नम्बर ५ का १२ बर्षीया महिला र वडा नम्बर ६ का ६७ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
खड्क नगरपालिका वडा नम्बर २ का ४६ बर्षीय पुरुष, वडा नम्बर १० का ४५ बर्षीया महिला र २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, सप्तकोशी नगरपालिका वडा नम्बर १ का ५४ बर्षीय पुरुष, विष्णुपुर गाउँपालिका १ का ४५ बर्षीय पुरुष र बोदे बर्साइन नगरपालिका २ का ४६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।