TodayPati

वीरगञ्जमा मृत्यु भएका बाराका दुवै जनामा कोरोना पुष्टि

टुडेपाटी-
वीरगञ्ज, साउन ३० गते ।

वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृतक दुवै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए ।

Sponsored

उनका अनुसार कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार गराइएको थियो ।

मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यृ पश्चातमात्रै कोरोना पुष्टि भएको डा सिंहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *