TodayPati

जिप्रका धनुषामा अत्यावश्यक सेवाबाहेक भोलिदेखि सबै सेवा बन्द

टुडेपाटी-

जनकपुरधाम, साउन २९ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु भोलिदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

Sponsored

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जिल्लामा कोरोना संक्रमणको जोखिम दिनप्रति दिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता अपनाउन अर्को सूचना जारी नभएसम्मका लागि यस्तो निर्णय गरिएको हो ।

‘जुन सेवा अहिले नदिईहुन्न, ती सेवाहरु सूचारु नै रहनेछन् । तर, जुन सेवा दिँदा जोखिम बढ्ने सम्भावना हुन्छ, त्यस्ता सेवाहरु तत्कालका लागि बन्द गरेका छौं’, उनले भने ।

नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सीडीओ भट्टराईले बताए ।

Sponsored

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु सञ्चालन रहने भट्टराईको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *