TodayPati

महोत्तरीमा बोल्न नसक्ने महिलामाथि सामुहिक बलात्कार, ढाकछोप गर्ने प्रयास

टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।

महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामुहिक बलात्कार भएको घटनालाई मिलाने प्रयास भइरहेको छ । गएको साउन १० गते रामगोपालपुर नगरपालिका ५ की एक ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि स्थानीय दुईजना युवाद्वारा सामुहिक बलात्कार भएको थियो ।

तर घटनाको दुईसाता बित्दा समेत प्रहरीले बलात्कारका आरोपीहरुलाई पक्राउ नगरेको र पैसा राजनैतिक शक्तिको आडमा घटना मिलाउन खोजजेको स्थानीयले आरोप लगाएका छन् । घटनास्थलबाट इलाका प्रहरी कार्यालय रामगोपालपुरले बलात्कार घटनामा सरिक भएका दुई युवकको कपडा र मोबाइल बरामद गरेको थियो ।

Sponsored

स्थानीय २६ वर्षीय जितु मण्डल र अर्का २६ वर्षकै स्थानीय खुर्के मुखियाले बलात्कार गरेको पीडितले बताएकी छन् । गएको साउन १० गते राति करिब ९ बजे घर नजिक चौरमा शौच गर्न गएकी ती महिलालाई दुईजना युवकले रुमालले मुख बाँधेर उँखुबारीमा लगि बलात्कार गरेको पीडितको भनाइ छ । बालत्कार गर्ने क्रममा महिला चिच्याउँदा स्थानीयले थाहा पाएपछि दुबै युवक मोबाइल र कपडा छाडेर भागेका थिए ।

घटनाको भोलि पल्टै पीडित महिलाले इलाका प्रहरी कार्यालय रामगोपालपुरमा दुई बालत्कार घटनामा संलग्न दुई युवकमाथि उजुरी दिएकी थिइन् । तर हालसम्म प्रहरीले ती दुवै युवकलाई पक्राउ गर्न सकेको छैन ।
फरार भनिएका आरोपीहरु खुलेआम घुम्दा समेत प्रहरीले पक्राउ नगरेको एक स्थानीयले बताए ।

‘घटनालाई राजनीतिक पावर र पैसाको बलमा मिलाउने प्रयास भइरहेको छ । त्यसैले प्रहरीले समेत घटनामा संलग्न युवकहरुलाई पक्राउ गर्न चाँसो देखाएको छैन’ ती स्थानीयले भने ‘युवक खुलेआ घुमिरहेको हामीले प्रहरीलाई जानकारी गराउँदा समेत कुनै वास्ता गर्दैन । ६ लाख रुपैयाँ दिएर घटना मिलाउने प्रयास भइरहेको छ ।’

Sponsored

घटना मिलाउने विषयमा आफुलाई केहि थाहा नभएको र बलात्कारमा संलग्न दुबै युवा फरार रहेकाले खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलास भट्टराईले टुडेपाटीलाई बताए ।

‘घटना मिलाउने विषयमा हामीलाई केहि थाहा छैन । घटनास्थलबाट बरामद भएको संलग्नको कपडा र मोबाइलसहितको प्रमाण जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइसकेका छौं । पीडितले दर्ता गराएको उजुरी पनि उतै कारबाहीको लागि पाठाएका छौं । दोषीहरुमाथि कारबाही हुन्छ नै’, प्रहरी निरीक्षक भट्टराईले टुडेपाटीसंग भने ‘घटनामा संलग्न दुवै युवकको खोजी कार्य हामीले गरिरहेका छौं । तर हालसम्म पक्राउ पर्न सकेको छैन ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *