गौशाला नगरपालिकामा लकडाउन, तर मेयरकै ससुरालीमा मेला (फोटो फिचर)
टुडेपाटी-
महोत्तरी, साउन २७ गते ।
समुदाय स्तरमै कोरोनाको फैलिएपछि गौशाला नगरपालिकाले गएको साउन २५ गतेदेखि एकसाताको लागि लकडाउन गरेको छ । समाजिक स्तरमा फैलिएको कोरोनाको जोखिमलाई न्युनिकरणको लागि नगरक्षेत्र भित्रमा अतिआवश्यक औषधि पसल र स्वास्थ्य संस्था बाहेक सबै सेवा साउन ३१ गतेसम्मको लागि बन्द गरेको छ ।
नगरपालिकाका मेयर शिवनाथ महतोले सूचना जारी गर्दै हाटबजार नगलागउन, अनिवार्य मास्क प्रयोग गर्न, समाजिक दुरी पालन गर्न, भीडभाड नगर्न, सावुन पानीले हात धुन लगयात अति आवश्यक बाहेक घरबाट नस्किन आग्रह समेत गरेका छन् । तर मेयर महतोकै आफ्नै ससुरालीमा लकडाउनको धज्जी उडाउँदै मेला आयोजन गरिएको छ ।
मेयर महतोको ससुराली गौशाला नगरपालिका ११ भरतपुर (बटौवा) स्थित मटर महतोको घरमा आयोजन भएको कृष्णष्टमी मेलामा मंगलबार साँझ संयौको संख्यामा भीडभाड लागको थियो ।
मेलाबाट कोरोना सर्ने जोखिम बढेको स्थानीयले बताएका छन् । मेयर महतोले आफैले सूचना जारी गर्दै लकडाउन गर्ने र अर्का तिर आफ्नै ससुरालीमा मेला आयोजन गरी तामझाम तथा भीडभाड गराएपछि स्थानीय आश्चर्यचकित भएका छन् ।
Sponsored