सप्तरीमा कोरोनाबाट थप एकजनाको मृत्यु
टुडेपाटी-
सप्तरी, साउन २७ गते ।
सप्तरीमा कोरोना संक्रमणबाट मङ्गलबार राति एकजनाको मयत्यु भएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ बस्ने ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा पु¥याउने क्रममा ती वृद्धको मृत्यु भएको हो । ४ दिनअघि ज्वरो आएपछि उपचार गराउन गएका ती पुरुरुषको स्वाब संकलन गरिएको थियो ।
मंगलबार साँझ उनको स्वाब परिक्षण रिर्पो पोजेटिभ आएपछि एम्बुलेन्समा राखेर आइसोलेसन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य प्रमुख यादवले बताए ।
योसंगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रदेश २ मा ३२ पुगेको छ ।
Sponsored