अख्तियारका प्रमुख आयुक्तलाई कोरोना संक्रमण
टुडेपाटी-
काठमाडौं, साउन २७ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी घरमै आइसोलेसनमा बसिरहेका छन् । यसअघि अख्तियारका अन्य केही कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।
कर्मचारीमा पोजेटिभ रिपोर्ट आएपछि कन्ट्याक ट्रेसिङ गर्दा घिमिरेलाई पनि संक्रमण देखिएको हो ।
Sponsored