मुक्तिनाथ बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, सानउ २७ गते ।
मुक्तिनाथ विकास बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार धनुषा जिल्लामा संक्रमित फेला परेका १८ जना मध्ये ६ जना मुक्तिनाथ बैंक जनकपुर शाखाका कर्मचारी रहेका छन् । जसमा दुई महिला र ४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुने २२ र ३५ वर्षकी महिला छन् भने २७,२९,३१ र ३६ वर्षका पुरुष रहेका छन् ।
यस्तै राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखाका ५० वर्षीय एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
Sponsored