जनकपुरको क्यानसर सेन्टरका एक कर्मचारीको शंकास्पद मृत्यु, कोरोना लागेको आशंका
टुडेपाटी-
जनकपुरधाम, साउन २५ गते ।
जनकपुरको कदमचोकस्थित विनयतारा फाउण्डेशन क्यानसर सेन्टरमा कार्यरत एक कर्मचारीको शंकास्पद मृत्यु भएको छ ।
मिथिला बिहारी नगरपालिका ५ ललिला घर भएका उनको कोरोना संक्रमणबाट मृत्यु हुने आशंका गरिएको छ ।
सोही हस्पिटलमा गार्डको रुपमा ती ४५ वर्षीय पुरुष कार्यरत रहेको बताइएको छ । यद्धपी स्वाब संकलन गरी परिक्षणको तयारी थालिएको र रिपोर्ट आएपछि मात्र केही भन्न सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
‘२/४ दिनदेखि उनलाई ज्वरो आइरहेको थियो । मृत्यु भएपछि स्थायनीहरुले कोरोनाले नै मृत्यु भएको हुनुपर्छ भनेपछि हामी अहिले स्वाब टेस्टको तयारीमा छौँ,’ डिएसपी मकेन्द्र मिश्रले भने ।
Sponsored
प्रहरीका अनुसार उनलाई छोराले सोही अस्पतालमा उपचारकालागि ल्याएका थिए ।
स्थानीयका अनुसार उनी समान्य ज्वरो आएको भन्दै यसअघि स्थानीय औषधीपसलबाट औषधी लिइरहेका थिए ।
तर अस्पतालले भने केहीदिनयता झाडापखाला लागेर आज विहान अवस्था गम्भीर भएपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।
‘रक्षाबन्धनको भोलीपल्ट वहाँ घर जानुभयो । अस्ति त्यहीँको स्वास्थ्य चौकीमा उपचार गराउनु भयो । तर त्यहाँ निको भएन आज विहान सिरियस भएपछि वहाँको छोराले ल्याउने क्रममा बाटोमै मृत्यु भया,’ क्यानसर सेन्टरका म्यानेजर सुरेश साहले भने ।