TodayPati

जनकपुर क्षेत्रमा लगाइएको कर्फ्यू आज समाप्त हुँदै, फेरि थप्ने सम्भावना

टुडेपाटी-
जनकपुरधाम, साउन २५ गते ।

कोरोना जोखिम न्युनिकरणको लागि जनकपुरमा गरिएको निषेधाज्ञा प्रशासनले फेरि थप्ने सम्भावना बढेको छ ।

कोरोना जोखिम बढेपछि जिल्ला प्रशास कार्यालय धनुषाले गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५ गते राति १२ बजे (आजराति) सम्मको लागि जनकपुर क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

Sponsored

जिल्ला प्रशासन कार्यायल धनषाले पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र गरेको कार्फ्यूको समय सीमा आज राति १२ बजेदेखि समाप्त हुँदै छ ।

तर, जनकपुर क्षेत्रमा कोरोना जोखिम अझै बढि नै रहेकाले प्रशासनले फेरि केहि दिनको लागि निषेधाज्ञा थप्ने सम्भावना बढेको छ । निषेधाज्ञा थप्ने नथप्ने विषयमा आइतबार (आज) जिल्ला सुरक्षा संकट व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रण समिति धनुषाको बैठक बस्न लागेको छ ।

बैठकमा छलफलमा एकसातादेखि गरेको निषेधाज्ञा र त्यसबाट भएको उपब्धिको विषयमा लेखाजोखा गरी मात्र म्याद थप्ने वा नथप्न निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले टुडेपाटीलाई बताए । तर जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप्न सकिने सम्भावना रहेको समेत उनको भनाई छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *