धनुषामा मोटरमा तार जोड्दा करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, साउन २४ गते ।
धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धनुषाको औरही गाउँपालिका ३ बस्ने ४० वर्षीय शीतल यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो औरही गाउँपालिकाको बिक्रमपुर टोल बस्ने यादवले खेतमा सिंचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक यादवको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको स्थानीय विपिन यादवले बताए ।