TodayPati

सिरहा नपामा ब्रह्मलुट : ४ हजारको दरले तकिया, २९ सयको खोल, १६ हजारका दरले रेनकोट किने

टुडेपाटी-

जनकपुरधाम, साउन २४ गते ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणकालागि गरेको सामान खरिदमा सिरहा नगरपालिकाले व्यापक अनियमिता गरेको पाइएको छ ।

Sponsored

कोरोना रोकथामकालागि नगरपालिकाले राहत वितरण तथा अन्य समाग्री खरिदमा सामानको २८ गुणासम्म बढी मूल्यमा खरिद गरी ब्रह्मलुट गरेको खुलेको हो ।

कोरोना रोकथामकालागि नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४३० रुपैयाँ खर्च गरेको विवरण सार्वजानिक गरेको छ ।

जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई तीनदिन भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको विवरण बुझाउन गरेको तोकदा अनुसार बिहिबार १२ स्थानीय तहले खर्च विवरण बुझाएको छ ।

Sponsored

जसमध्ये सिरहा नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार २८ सय ७७ रुपैँयाको दरले १ सय ११ वटा तकियाको खोल खरिद गरिएको छ । खोल खरिदमा ३ लाख १९ हजार २ सय ७५ रुपैँयख खर्च गरेको विवरणमा उल्लेख छ ।

यस्तै ३ हजार ९ सय ३१ रुपैँयाको दरले ५ सय ११ वटा तकिया खरिदमा नगरपालिकाले २० लाख ८ हजार ९ सय ५० रुपैँया खर्च गरेको छ । खर्च विवरण अनुसार १ सय १५ थान रेनकोट खरिदमा नगरपालिकाले १९ लाख ३ हजार रुपैयाँ खर्च गरेको देखाएको छ ।

नगरपालिकाले गरेको खर्च अनुसार एउटा रेनकोट खरिदमा १६ हजार ५ सय ४८ रुपैँया खर्च गरेको छ । जबकी बजार भाउ अनुसार १ हजार रुपैँयाभन्दा समेत कम मूल्य पर्दछ ।

नगरपालिको प्रशानिक शाखाले सार्वजनिक गरेको विवरण अनुसार ८ हजार ७१ रुपैँया प्रति तन्न खरिद गरिएको पाइएको छ । नगरपालिकाले ५ सय ५८ थान तन्ना खरिदमा ४५ लाख ३ हजार ७ सय ७५ रुपैँया खर्च गरेको जनाएको छ ।

यसैगरी ९ हजार २ सय ५ रुपैँयाको दरले ३ सय ३७ थान रेनवुट खरिदमा नगरपालिकाले ३१ लाख २ हजार १ सय ५० रुपैँया खर्च गरेको छ ।

३ सय ४९ वटा बेड निर्माणमा २५ लाख ९ हजार ४ सय रुपैँया खर्च गरेको नगरपालिकाले विवरण सार्वजनिक गरेको हो । यस्तै ८७ हजार ५ सय ७५ थान माक्स खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैँया खर्च गरेको छ ।

बजारमा १० रुपैँया प्रति थान पाइने मास्क नगरपालिकाको हिँसाबले २२ रुपैँया ८७ पैसा पर्दछ । तर त्यसमध्ये एन—९० मास्क समेत खरिद गरिएकाले सो रकम बढी देखिएको नगरपालिकाको दावी छ ।
यसैगरी ७ थान थर्मलगनमा १५ हजार ७ सय ५३ रुपैँया खर्च गरेको छ । ग्लोव्समा ६८ लाख ८ हजार ८ सय रुपैँया खर्च गरेको पाइएको छ । नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार ग्लोब्स प्रति थान १८ रुपैँया ५८ पैसाको दरले किनेको छ जबकी बजार भाउको मूल्य अनुसार १५ रुपैँया मात्र पर्दछ ।

यस्तै ५ हजार ९ सय ९९ लिटर सेनिटाइजर १४ लाख १ हजार ९७ हजार रुपैँयामा खरिद गरेको छ । यस्तै ७२ कार्टुन साबुन खरिदमा नगरपालिकाले १७ लाख २ हजार १ सय ९५ रुपैँया खर्च गरेको छ । यस्तै २ सय २५ थान पि.पि.ई. खरिदमा ९१ लाख ८ हजार ४ सय ९१, किटनाशक औषधि छरिर्ने स्प्रे ५ हजार रुपैँया खरिद गरेको छ । झुल सुपानेटमा ३ लाख ३० हजार रुपैँया खर्च गरेको विवरणमा उल्लेख छ ।
कम्बलमा ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ । विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधी छरिने स्प्रे ठुलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता १३ लाख ५४ हजार, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।

त्यसैगरी वडाबाट वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरण १ कारोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *