TodayPati

कोरोना संक्रमितको घरमै विज्ञको सुझाव र अक्सिजनको लागि अभियान

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

सक्ने कोरोना महामारीको भयावह स्थितिलाई मध्य नजर गर्दै क्लोथ बैंक धनुषाले संक्रमितको घरमै चिकित्सक परामर्श र अक्सिजनको लागि तयारी थालेको छ । अस्पतालको अभावमा होम आइसोलेसन बस्नु पर्ने अवस्थामा अवस्यक परे अनलाइन बाट बिज्ञ डाक्टरहरुसंग निःशुल्क फोनमा वा अनलाइन परामर्श सहित आवश्यक निःशुल्क अक्सिज सिलिन्डर घरमै उपलब्ध गराइदिने तयारी थालेको हो ।

परामर्शको लागि डा. अजय झा डिएमको संयोजकत्वमा पाँचजना चिकित्सकको टोली विज्ञ समुह गठन गरेको हो । जसमा डा. अजय मिश्रा डिएम, डा. रमन मिश्रा एमडी, डा.रबि रंजन प्रधान एमडी र डा. अजय यादब एमडी सहितको प्राबिधिक विज्ञ टोली गठन गरेको क्लोथ बैंकका संयोजक राजिव झाले बताए ।

Sponsored

यस्तै मनोज चौधरीको संयोजकत्वमा तीन सदस्य अक्सिजन सिलिण्डर व्यवस्थापन समिति गठन गरेको हो । समितिका सदस्यमा राजेश चौधरी राजु र मनिष श्री ओम रहेका छन् भनेपछि अझै सदस्य थप गर्ने जनाएको छ ।

यस अभियानलाई सहयोग गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, प्रहरी उपरीक्षक रमेश बस्नेत, क्लोथ बैंकको अध्यक्षका राजिव झा संरक्षक रहेका छन् ।
नवगठित समितिले कोष ब्यबस्थापनको लागि भरभलादमी, समाजसेवी, उद्योगी व्यावसायि, कर्मचारी लगायत सबै पक्षसंग सहयोग गर्न आग्रह गरेको अथवा सहयोग गर्नेहरु दान गर्ने मन भएको दानीहरु संग सहयोगको लागि आह्वान गरेको छ ।

कोष परिचालनको लागि ए ग्रेडको बैंकमा डा. अजय झा र क्लोथ बैंकको प्रतिनिधिको संयुक्त हस्ताक्षरबाट खता संचालन गर्ने समेत निर्णय गरेको क्लोथ बैंकका अध्यक्ष झाले बताए ।

Sponsored

क्लोथ बैंकले पनि झण्डै दुईवर्षदेखि लुगाफाटा नहुनेलाई तथा दैबिक प्रकोपमा परेकोहरुलाई निःशुल्क कपडा उपलब्ध गराउदै आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *