TodayPati

प्रदेश २ : आर्थिक अनियमिततामा संलग्न एक प्रहरी निलम्बित

टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आर्थिक अनियमिततामा संलग्न भएको एकजना प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरेका छन् ।

नेपाल प्रहरीले भ्रष्टाचार तथा आर्थिक अनुशासन विरुद्ध शून्य सहनशीलता अख्तियार गर्दै आएको समयमा प्रहरी आचरण विरुद्ध कार्यमा संलग्न रहेका २ नम्बर प्रदेश प्रहरी गण गुल्म नं. ३ जनकपुरधाममा दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरिएको हो ।

Sponsored

प्रहरी सहायक निरीक्षक सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक निती विरुद्ध यथेष्ट प्रमाण भेटिएको हुँदा उनलाई निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *