TodayPati

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित

एजेन्सी-जनकपुरधाम, कार्तिक २१ गते । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया […]

नाइजेरियामा इन्धन ट्यांकर विस्फोटबाट १०० भन्दा बढी व्यक्तिको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी-जनकपुरधाम, असोज ३० गते । उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोटबाट १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार, मंगलबार राति जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेको थियो। दुर्घटनापछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा स्थानीय मानिसहरू आगोको लपेटामा परेका थिए। माजिया शहरमा ट्रकसँग […]

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा

एजेन्सीजनकपुरधाम, भदौ २८ गते । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएपछि तिहाड जेलबाट रिहा भएका छन्। रिहा हुने क्रममा उनका समर्थकहरूले उनलाई भव्य स्वागत गरे। जेलबाट बाहिर आएपछि केजरीवालले आफू निर्दोष भएको र सत्यको जित भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिएका छन्। केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको हो। अदालतले उनलाई मदिरा नीतिसँग […]

बंगलादेशकी प्रधानमन्त्री शेख हसिन देश छाडेर भागिन् भारत

एजेन्सी-जनकपुरधाम, साउन २१ गते । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिन देश छाडेर भागेकी छन् । देश छाड्नु अघि उनले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार उनी हेलिकप्टर चढेर देश छाड्दै भारतको त्रिपुरा राज्यको अगरतलातिर पुगेकी हुन् । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् […]

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

बीबीसी-जनकपुरधाम, असार ३० गते । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा ¥यालीमा गोली प्रहार भएको छ । उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ। उक्त ¥यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो । […]

भारत उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड, सयभन्दा बढी तीर्थयात्रीको मृत्यु

एजेन्सी-जनकपुरधाम, असार १८ गते । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा एक सयभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार भागदौड भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।उत्तर प्रदेश पुलिसको आगरा जÞोनको एडीजी कार्यालयले सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेमा अधिकांश महिला र […]

भारतमा  दुई वटा रेल ठोक्किएर दुर्घटना हुँदा १३ जनाको मृत्यु

एजेन्सी– जनकपुरधाम, असार ३ गते । भारतको पश्चिम बंगालको जलपाइगुडीम रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे पश्चिम बंगालको रंगापानी र नयाँ जलपाइगुडी स्टेसनको बीचमा दुई वटा रेल आपसमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अगरतलाबाट सियालदह जाने क्रममा रोकिइराखेको कंचनजंघा एक्सप्रेसको यात्रुवाहक रेलमा […]

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा

एजेन्सीजनकपुरधाम, वैशाख २८ गते । भ्रष्टाचार आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेको भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा भएका छन् । अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले उनलाई आदेश दिएको हो । आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन […]

रुसमा एउटा कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, चैत १० गते । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १४५ भन्दा बढी घाइत भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले […]

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

एजेन्सी-जनकपुरधाम, चैत ९ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनलाई केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले पक्राउ गरेको हो । बिहीबार त्यो टोलि मुख्यमन्त्रीको घरमा पुगेर दुई घन्टा लामो सोधपुछ गरेको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी […]