TodayPati

भारत उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड, सयभन्दा बढी तीर्थयात्रीको मृत्यु

एजेन्सी-
जनकपुरधाम, असार १८ गते ।

भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा एक सयभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार भागदौड भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
उत्तर प्रदेश पुलिसको आगरा जÞोनको एडीजी कार्यालयले सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेको छ ।

Sponsored

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् । मृत्यु हुनेका संख्या अझ बढ्न सक्ने बताइएको छ ।
घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको छ ।

बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *