TodayPati

रुसमा एउटा कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, चैत १० गते ।

रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १४५ भन्दा बढी घाइत भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले लेखेको छ ।

Sponsored

आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो ।

हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।

Sponsored

घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।

कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ । यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *