TodayPati

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा


एजेन्सी
जनकपुरधाम, वैशाख २८ गते ।

भ्रष्टाचार आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेको भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा भएका छन् । अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले उनलाई आदेश दिएको हो ।

आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

Sponsored

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् ।

भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *