TodayPati

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

बीबीसी-
जनकपुरधाम, असार ३० गते ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा ¥यालीमा गोली प्रहार भएको छ ।

उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ ।

Sponsored

उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ। उक्त ¥यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो ।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थि ए।

त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ ।

Sponsored

ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल “ट्रुथ सोसल“ मा एउटा सन्देश लेख्दै आफू “सकुशल रहेको“ र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन् ।

ट्रम्पले लेखेका छन्, “मैले सुँइय्य गरेको आवाज सुन्ने बित्तिकै केही गडबड भएको छ भन्ने थाहा भयो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली लागेर गएको मलाई महसुस भयो ।धेरै रगत बगेपछि मैले के भइरहेको छ भनेर थाहा पाएँ ।“

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *