TodayPati

सिरहामा खेत जोतिरहेका किसानको गोली दागेर हत्या

टुडेपाटी-जकपुरधाम, माघ १६ गते । सिरहामा गोली दागेर एक किसानको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको आज दिउँसो खेतमा गोली दागेर हत्या भएको प्रहरीले जनाएको छ । यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको स्थानीयले बताएका […]

आज सरस्वती पूजा

टुडेपाटी-जनकपुरधाम, माघ ९ गते । श्रीपञ्चमी पर्व आज देशभर उत्साहका साथ मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ। यो दिन विशेषगरी विद्या, बुद्धि र सिर्जनशीलताको देवी सरस्वतीको पूजा गरेमा ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ। देशभरका सरस्वती मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। यस अवसरमा विद्यालय नपठाइएका साना […]

९ बुँदे घोषणापत्र जारी गर्दै महासंघको मधेश प्रदेश सम्मेलन सम्पन्न

टुडेपाटी–जनकपुरधाम, पुस २९ गते । नौं बुँदे घोषणापत्र जारी गर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको मधेश प्रदेश सम्मेलन सम्पन्न भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा सोमबार सम्पन्न सम्मेलनले नेपाली पत्रकारिता गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै ९ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा पत्रकारहरूको प्रविधिमैत्री क्षमता विकास, पत्रकार पलायन रोकथाम, आचारसंहिता […]

सहिद पत्रकार उमा सिंहको १७ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

टुडेपाटी– जनकपुरधाम, पुस २७ गते । साहसी महिला पत्रकार उमा सिंहको निर्मम हत्या भएको आज १७ वर्ष पूरा भएको छ । सहिद पत्रकार सिंहको १७ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम आयोजना गरि मनाइरहेको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज बिहान पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको थियो । आज साँझ श्रद्धाञ्जली सभा कार्यक्रम […]

सिरहाकी किशोरी अबिनाको हत्या प्रेमीबाटै भएको खुलासा

टुडेपाटी-जनकपुरधाम, पुस २२ गते । सिरहाको कर्जन्हा नगरपालिका–१, बाल्टियाकी १७ वर्षीया किशोरी अबिना वैधको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ । घटनाको करिब एक महिनापछि उनको हत्यामा संलग्न रहेको आरोपमा धनुषाको क्षिरेश्वर नगरपालिका–३ निवासी ४५ वर्षीय रामबालक चौधरीलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सिरहा प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चौधरी र मृतक […]

सिरहामा किशोरीको हत्यारा अझै पत्तो लागेन

रासस-सिरहा, पुस १० गते । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक […]

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

टुडेपाटी-जनकपुरधाम, मंसिर  ९ गते । जनकपुरधाममा धुमधामसंग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर ४ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो । त्रेता […]

विवाहपञ्चमीको दोश्रो दिन आज फूलबारी लिला

टुडेपाटी-जनकपुरधाम, मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ । यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।त्रेता युगमा […]

जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

टुडेपाटी–जनकपुरधाम, मंसिर ४ गते । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन शुक्रबार फूलबारी लीला, तेस्रो दिन शनिबार […]

कमला पुल निर्माणमा चरम लापरबाही गर्दा भासिएको खुलासा, डीपीआर अर्कै पुलको नक्कल

टुडेपाटी-जनकपुरधाम, कार्तिक ३० गते । मधेशको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गत धनुषा र सिरहा जिल्लको कमल नदीमा निर्माणाधीन पुलमा चरम लापरबाही भएको पाइएको छ । पुल भासिनुमा डिजाइन र कन्ट्रक्सन फल्ट प्रमुख कारण रहेको खुलेको छ । हुलाकी राजमार्गमै पर्ने सिरहा र सप्तरी जोड्ने बलान खोलाको डिपीआरको नक्कल कमला पुल निर्माण गर्दा प्रयोग गरिएको अख्तियार […]