टुडेपाटी-
जकपुरधाम, माघ १६ गते ।
सिरहामा गोली दागेर एक किसानको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको आज दिउँसो खेतमा गोली दागेर हत्या भएको प्रहरीले जनाएको छ ।
यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको स्थानीयले बताएका छन् । यादवको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले पनि प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको बताए । घटाना स्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
