TodayPati

टुडेपाटी

जनकपुरधाम, चैत १९ गते ।

वीरगञ्जस्थित एक निजी हस्पिटलमा उपचारका क्रममा लापरबाहीबाट महिलाको मृत्यु भएको आरोप लगोको छ । वीरगञ्जको सीता सुपर स्पेसलिटी हस्पिटलमा बाराको प्रसौनी गाउँपालिका–१ निवासी श्रीवती देवी कुशवाहाको बुधबार राति करिब साढे १० बजे मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतकका छोरा राजकुशवाहाका अनुसार चैत १५ गते आमा श्रीवती देवीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा. उदयनारायण सिंहको क्लिनिकमा लगिएको थियो । त्यहाँबाट फर्किएपछि चैत १६ गते उनलाई वान्ता भएपछि डा. सिंहकै सल्लाहमा सोही दिन सीता सुपर स्पेसलिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

मृतकका छोरा राजकुशवाहाले उपचारमा अस्पतालको बेवास्ता र चिकित्सकको हेलचक्र्याइका कारण आमाको मृत्यु भएको आरोप लगाएका छन् । उनका अनुसार आमाको अवस्था गम्भीर हुँदा पनि सम्बन्धित चिकित्सक समयमै उपस्थित भएनन् । ‘डाक्टरलाई बोलाउन धेरै प्रयास ग¥यौं, तर उहाँ आउनुभएन । अस्पतालमा एक जना एमबीबीएस डाक्टर कुन्दन जयसवाल र एक नर्स मात्र थिए,’ उनले भने ।

उनका अनुसार पछि डा. रामकिशोर सिंह आएर छोटो समयमै फर्किएका थिए । ‘एउटा सुई लगायो । सुईपछि खलखल पसिना आयो । वअस्था असहज भयो । तत्काल मृत्यु भयो । उपचारमा भएको लापरबाहीकै कारण आमाले अकालमा ज्यान गुमाउनुभयो,’ उनले दाबी गरे ।

मृतक श्रीवती देवी मधुमेहकी बिरामी थिइन् । परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषी अस्पताल र चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् । मृतकको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

अस्पतालमा कार्यरत्त चिकित्सक डा. कुन्दन जयसवालले घटना बारे केही बोल्न मानेनन् । ‘म तपाईलाई फोनमा केही भन्दिन । भेटेर कुरा गर्नुस्’ भन्दै उनले फोन काटे । अस्पताल संचालक चौरसियाले फोन उठाएनन् ।

परिवारजनले कारबाहीको लागि प्रहरी तथा मेडिकल काउन्सिलमा अस्पताल र चिकित्सकविरुद्ध उजररी दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *