TodayPati

टुडेपाटी-
जनकपुधराम, फागुन ११ गते ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कफ्र्युको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म तोकिएको छ।

उक्त चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउलगायत सबै प्रकारका गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको छ।

तर अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थीहरू, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरू, पर्यटक सवार गाडीहरू तथा मानवअधिकार र कूटनीतिक नियोगका सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको छ।

त्यसैगरी हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *