कोसीमा फेरि पानी बढ्ने आकलन, २९ वटा ढोका खुल्ला

टुडेपाटी–सप्तरी, साउन २१ गते । सप्तकोसी नदीमा पानीको बहाब फेरि बढ्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा वर्षा अत्यधिक भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह बढी रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी […]
जनकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीको बैठक सुरु

टुडेपाटी–जनकपुरधाम, साउन २१ गते । जननकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीहरुको संयुक्त बैठक सुरु भएको छ । जनकपुरधाम स्थित होटेल सिताशरणमा मधेश प्रदेशका जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी भएका छन् । यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला प्रमुखसहित प्रहरीहरुको उपस्थितिमा बैठक सुरु भएको हो ।
मधेश प्रदेश : सशस्त्र प्रहरीद्वारा २४० किलो गाँजा बरामद

टुडेपाटी–वीरगञ्ज, साउन २१ गते । सशस्त्र प्रहरीले पर्साबाट २४० केजी लागूऔषध गाँजा बरामद गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–७ छपकैयाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा २४० किलो बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २४० गाँजा बरामद गरेको […]
विभिन्न कसुर गरी भागेका ५ जना अन्ततः धनुषा प्रहरीको फन्दामा

टुडेपाटी-जनकपुरधाम, साउन २१ गते । विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिकादेवी पासवानलाई गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको प्रहरी टोलीले […]
सप्तरीको छिन्नमस्तामा व्यापक अनियमितता : ५० वटा बल्वमा ८ लाख झ्वाम्

शुभनारायण यादव-सप्तरी, साउन २१ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरमा ५० वटा पोलमा भेपर बल्व जडान गरी आठ लाख रकम अनियमितता गरेको पाइएको छ । छिन्नमस्ता गाउँपालिका १ मा बल्व जडानका लागि लिइएको उक्त पेस्की रकमबाट झण्डै ४० देखि ५० वटा पोलमा मात्र बल्व जडान गरी आठ लाख रकम खर्च गरेर व्यापक अनियमितता […]
धनुषा : तटबन्ध नहुँदा नदी किनारका बासिन्दालाई डुबानको चिन्ता

टुडेपाटी-जनकपुरधाम, साउन २१ गते । नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ । गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ र १८ को भोइल, ओसरासहित देउरी, परवाह, पुनरदहिया, भराक, […]
भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

टुडेपाटी-नयाँदिल्ली, साउन २१ गते । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले […]
नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

टुडेपाटी- नुवाकोट, साउन २१ गते । नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ । यसअघि आइतबार बिहान ८ : १३ […]
मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

टुडेपाटी–जनकपुरधाम, साउन २० गते । लोकतान्त्रिक समाजवादी पार्टीको विद्यार्थी संगठनले मधेश प्रदेशका मुख्यमन्त्रीसहित कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ । लोसपा निकट विद्यार्थी संघ मधेस प्रदेश कमिटीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो । अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र मन्त्रिमण्डल लगायतका कर्मचारीलाई बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन लोसपा […]
सिरहा नपालाई सात दिनभित्र जवाफ पेस गर्न आयोगको आदेश, सूचना माग्दा अपाङ्ग शिक्षकलाई गरिएको थियो सरुवा

टुडेपाटी–सिरहा, साउन २० गते । सिरहाको सिरहा नगरपालिकालाई राष्ट्रिय सूचना आयोगले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्ग आयुक्तहरु कमला वली थापा र रत्नप्रसाद मैनालीले सूचना उपलब्ध नगराउनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएका हुन् । विष्णुपुर गाउँपालिका वडा नम्बर १ का परशुराम […]