TodayPati

विभिन्न कसुर गरी भागेका ५ जना अन्ततः धनुषा प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, साउन २१ गते ।

विभिन्न मुद्दामा फरार पाँचजना पक्राउ धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा विगत दुई वर्षदेखि फरार धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुवा निवासी ६५ वर्षीया अमेरिकादेवी पासवानलाई गरिएको छ ।

Sponsored

इलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट खटिएको प्रहरी टोलीले यदुकुवा बजारबाट पासवनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै अपहरण शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दामा फरार धनुषाको धनौजी गाउँपालिका–४ निवासी १९ वर्षीय रोहित मण्डललाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट ५३ हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ निवासी ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Sponsored

पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको छ । बैंकिङ कसुर मुद्दामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी ३७ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार झालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

यसैगरी बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी ५४ वर्षीय काशिकान्त झालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी बालुवा धनुषाबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद सजाय पाएर फरार झालाई जनकपुरधामस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए । आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाइएको प्रहरीको भनाइ छ । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *