मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन
टुडेपाटी–
जनकपुरधाम, साउन २० गते ।
लोकतान्त्रिक समाजवादी पार्टीको विद्यार्थी संगठनले मधेश प्रदेशका मुख्यमन्त्रीसहित कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।
लोसपा निकट विद्यार्थी संघ मधेस प्रदेश कमिटीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।
अख्तियारले ठहर गरेको भ्रष्टाचारको आरोपित मुख्यमन्त्री र मन्त्रिमण्डल लगायतका कर्मचारीलाई बर्खास्त गरी प्रदेशको गरिमा जोगाउन लोसपा विद्यार्थी संगठनले प्रदेश प्रमुखसमक्ष माग गरेको छ ।
‘अख्तियार दुरुपयोग आयोगले २०७८ असोज १३ गते मुख्यमन्त्री कार्यालयबाट यस प्रदेशको लोकप्रिय कार्यक्रम मध्ये ‘मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरी पर्न आएकोले छानबिनका लागि लगिएको फाइल र उपलब्ध कागजातहरुको आधारमा साउन १८ गते लामो सूक्ष्म अध्ययन र छानबिन पश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म मुख्यमन्त्री कार्यालयका कर्मचारी र साइकल आपूर्तिकर्ताले नेपाल सरकाररप्रदेश सरकारलाई बदनियतपूर्वक १० करोड ३३ लाख रुपैयाँ गरेको भनी अख्तियारले पुष्टि गरि अदालतमा मुद्दासमेत दायर गरेको उल्लेख छ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
जनभावनाको विपरीत गई प्रदेशको गरिमा माथी ठेस पुग्ने कार्य भएमा आफूहरु बाध्य भएर जनतासामु प्रदेश रक्षाको निम्ति कड़ा संघर्षमा उत्रिन बाध्य हुने लोकतान्त्रिक विद्यार्थी संघले चेतावनीसमेत दिएको छ ।
Sponsored