TodayPati

सप्तरीको छिन्नमस्तामा व्यापक अनियमितता : ५० वटा बल्वमा ८ लाख झ्वाम्

शुभनारायण यादव-
सप्तरी, साउन २१ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरमा ५० वटा पोलमा भेपर बल्व जडान गरी आठ लाख रकम अनियमितता गरेको पाइएको छ । छिन्नमस्ता गाउँपालिका १ मा बल्व जडानका लागि लिइएको उक्त पेस्की रकमबाट झण्डै ४० देखि ५० वटा पोलमा मात्र बल्व जडान गरी आठ लाख रकम खर्च गरेर व्यापक अनियमितता गरेको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरमा छिन्नमस्ता गाउँपालिकाका एक कर्मचारी योजना तथा सामाजिक शाखाका भागवान दासले उक्त विद्युतिकरणका लागि गाउँपालिकाबाट आठ लाख रकम पेस्की रकम लिएको थियो ।

Sponsored

स्थानीयबासिहरुका अनुसार उक्त भेपर बल्वका लागि प्रती बल्व बजारमा १ हजार ५ सय देखि २ हजार सम्म पर्ने गरेको बताउँछन् ।

यसबाट प्रस्ट हुन्छ कि गाउँपालिकाले विद्युतिकरणको नाममा लाखौं रकम अनियमितता गरेको स्थानीय युवा सन्तोषकुमार यादवको आरोप लगाए । यसरी गाउँपालिकाको बजेटलाई दुरुपयोग गर्ने जोसुकै कर्मचारी तथा कार्यालय प्रमुखमाथि आवश्यक छानबिन गरि कडाभन्दा कडा कार्वाही हुनुपर्ने माग स्थानीयको छ ।

छिन्नमस्ता गाउँपालिका १ बरहि बिरपुरको पुरै बस्तिमा झण्डै बढीमा ५० वटासम्म भेपर बल्व जडान गरिएको सबुत प्रमाण छ, तर उक्त ५० वटा बल्व जडानमै ८ लाख रकम कसरी खर्च भएको भन्नेमा पूर्व वडाध्यक्ष विनोदकुमार यादव आश्चर्यचकित छन् । जडान गरिएका भेपर बल्व मध्ये पनि १० वटा सम्म पनि बल्व अहिले बलिने अवस्थामा नरहेको स्थानीयहरुको कथन रहेको छ ।

Sponsored

यता वडाअध्यक्ष ललन प्रसाद यादवले उक्त कार्य मेरो कार्यकालको नभइ पहिलाकै वडाअध्यक्षको योजना रहेकाले मैले यो बिषयमा के कसरी भएको हो भन्नि बुझने कार्य गरिरहेको बताए ।

उक्त कार्यको गाउँपालिका तथा सम्बन्धित निकायले समयमै अनुगमन गरी अनियमितता गर्ने कर्मचारीमाथि आवश्यक कानूनी कार्वाही गर्नुपर्ने माग स्थानीय सरोकारबालाहरुले गरेका छन् । यसैबीच सो सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार यादवले पेस्की लिएको छ, तर अहिलेसम्म पछ्योट भएको छेन, काम हेरेर मात्रै अनुगमन गरी पेस्की पछ्योट गर्ने जानकारी दिए ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *