TodayPati

कोसीमा फेरि पानी बढ्ने आकलन, २९ वटा ढोका खुल्ला

टुडेपाटी–
सप्तरी, साउन २१ गते ।

सप्तकोसी नदीमा पानीको बहाब फेरि बढ्ने आकलन गरिएको छ ।

पहाडी जिल्लाहरूमा वर्षा अत्यधिक भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह बढी रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो ।

Sponsored

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको जानकारी दिए ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको उनले बताए ।

पानीको बहाब हेर्दा शनिबार साँझसम्म कोसी ब्यारेज भएर ५ लाख क्युसेकभन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुनसक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

Sponsored

कोसीमा अत्यधिक बहाब हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

५ लाख क्युसेकभन्दा बढी पानीको बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धहरूमा समेत क्षति पुग्ने खतरा रहन्छ । यस्तै धेरै स्थानमा ओभरफ्लो भइ पानी नदीभन्दा बाहिरिन सक्ने खतरा रहेको बताइन्छ ।

शनिबार मध्याह्न १२ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । भने ब्यारेजका २९ वटा ढोका खोलिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *