TodayPati

मिटरब्याजीका आरोपी सञ्जयलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइयो

रासस- महोत्तरी, साउन २५ गते । मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मंगलबा जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा पठाएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो । […]

जनकपुरधामबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक प्रहरीको फन्दामा

टुडेपाटी-जनकपुरधाम, साउन २५ गते । जनकपुरधामबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–१ बस्ने २४ वर्षीय प्रकाश साह रहेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ स्थित रघुपति पार्टी प्यालेसको निर्माणाधीन अवस्थामा रहेको भान्सा कोठानजिकै मंगलबार लागुऔषध खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले टोलीले उनलाई […]

मधेश प्रदेशमा घट्दैछ विद्युत् चुहावट

रासस–जनकपुरधाम, साउन २४ गते । मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो । आर्थिक वर्ष २०७७/७८ मा १६ […]

बिहारको मुख्यमन्त्री पदबाट नितिश कुमारले दिए राजीनामा

एजेन्सी–काठमाडौँ, साउन २४ गते । भारतको बिहार राज्यको मुख्यमन्त्री पदबाट नितिश कुमारले राजीनामा दिएका छन् । राज्यपाल फागु चौहानलाई भेटेर नितिश कुमारले राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल–यूले […]

मधेश प्रदेश : पोखरीमा डुबेर दुईजनाको मृत्यु

टुडेपाटी–सप्तरी, साउन २४ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुईजनाको मृत्यु भएको छ । पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका ३ का ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका ६ घर भएका संजय पण्डितका २ वर्षीय छोरा दिप पण्डितको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोमबार सदा […]

जनकपुर आर्ट एन्ड क्राफ्टद्वारा साउनमा महिलालाई निःशुल्क मेहदी

टुडेपाटी–जनकपुरधाम, साउन २४ गते । जनकपुर आर्ट एण्ड क्राफ्टको आयोजनामा महिलाहरुलाई साउनभरी निःशुल्क मेहदी लगाइएको हो । जनकपुरधामको शिवचोकस्थित शिव मन्दिर अगाडि साउन महिनाको प्रत्येक सोमबार मेहदी लगाउनेको भीड लागेको थियो । साउन महिनालाई हरियालीको प्रतिकका रूपमा लिने गरिन्छ र मेहदी पनि दिएको हरियो जडीबुटीले बनेको औषधिय गुण भएको एक खालको श्रृङ्गारको सामग्री हो । […]

मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की

एजेन्सी–काठमाडौँ, साउन २४ गते । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ । मुख्यमन्त्री आदित्यनाथलाई लखनउ प्रहरीको हेल्पलाइनमा ज्यान मार्ने धम्की आएको हो । आदित्यनाथलाई बमले उडाउने धम्की आएको लखनाउ प्रहरीले जनाएका छन् । अगस्ट २ मा डायल–११२ हेल्पलाइनको ह्वाट्सएप नम्बरमा शाहिद नामका व्यक्तिले उक्त सन्देश पठाएको प्रहरीले जनाएको छ । […]

धनुषाबाट भन्सार छलीका १० लाखको समान बरामद, एकजना पक्राउ

टुडेपाटी-जनकपुरधाम, साउन २४ गते । धनुषा प्रहरीले भारतबाट १० लाख बढी बराबरको अवैध भन्सार छलीका समानसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको विभिन्न स्थानबाट १० लाख १५ हजार १७५ रुपैयाँ बराबरको सरसमानसहित एकजनालाई पक्राउ गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका २ दुहबीचोकस्थित भारतबाट अवैध रुपमा […]

सर्लाही जिल्ला अदालतमा तीन हजार ११८ मुद्दा दर्ता

टुडेपाटी-सर्लाही, साउन २४ गते । जिल्लामा सबैभन्दा धेरै लेनदेनको मुद्दा दर्ता भएको पाइएको छ। सर्लाही जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार ११८ मुद्दा दर्ता भएका थिए । तीमध्ये लेनदेनको एक हजार ७४ मुद्दा रहेका अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए । लेनदेनको एक हजार ७४ मुद्दामध्ये ७०९ वटा फर्छ्योट भइसकेका छन् । गाउँघरतिर […]

जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका

टुडेपाटी– जनकपुरधाम, साउन २४ गते । जनकपुरधामबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने दिलिप साहको छोरा १८ वर्षीय अर्जुन साहको शव सोमबार फेला परेको हो । महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा उनको शव फेला परेको प्रहरीले जनाएको […]