TodayPati

बिहारको मुख्यमन्त्री पदबाट नितिश कुमारले दिए राजीनामा

एजेन्सी–
काठमाडौँ, साउन २४ गते ।

भारतको बिहार राज्यको मुख्यमन्त्री पदबाट नितिश कुमारले राजीनामा दिएका छन् ।

राज्यपाल फागु चौहानलाई भेटेर नितिश कुमारले राजीनामा दिएका हुन् ।

Sponsored

राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए।

उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल–यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।

नितिश कुमारले अब आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छहो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *