धनुषाबाट भन्सार छलीका १० लाखको समान बरामद, एकजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, साउन २४ गते ।
धनुषा प्रहरीले भारतबाट १० लाख बढी बराबरको अवैध भन्सार छलीका समानसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको विभिन्न स्थानबाट १० लाख १५ हजार १७५ रुपैयाँ बराबरको सरसमानसहित एकजनालाई पक्राउ गरेको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका २ दुहबीचोकस्थित भारतबाट अवैध रुपमा भन्सार छली गरी मोटरसाइकलमा ल्याइएका अन्दाजी ५०,४५० रुपैयाँ बराबरको चिनी बरामद गरको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका ३ जनकचोकस्थितबाट मोटरसाइकलमा ल्याइएको अन्दाजी मूल्य ६,४६,००० बराबरका लत्ताकपडा बेवारिसे अवस्थामा र जिल्लाकै औरही गाउँपालिका २ देउरीचोकस्थितबाट अटोमा ल्याउँदै गरेको अटोसहित अन्दाजी मूल्य ३,१८,७२५ बराबरका लत्ताकपडासहित धनुषाको नगराइन नगरपालिका ९ बस्ने अन्दाजी ३७ वर्षीय जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले बताए ।
पक्राउ परेका पासवानसहित समान आवश्यक कारबाहीको लागि हिजैभन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
Sponsored