TodayPati

मधेश प्रदेश : पोखरीमा डुबेर दुईजनाको मृत्यु

टुडेपाटी–
सप्तरी, साउन २४ गते ।

सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।

पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका ३ का ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका ६ घर भएका संजय पण्डितका २ वर्षीय छोरा दिप पण्डितको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

सोमबार सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेका थिए । प्रहरीले आज उनको शव निकाल्नमा सफल भएको हो ।

यस्तै पण्डित सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ मा पाहुनाको रुपमा आएकोमा खेल्ने क्रममा बालक चिप्लेर पोखरीमा खसेर घाईते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *