मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की
एजेन्सी–
काठमाडौँ, साउन २४ गते ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ ।
मुख्यमन्त्री आदित्यनाथलाई लखनउ प्रहरीको हेल्पलाइनमा ज्यान मार्ने धम्की आएको हो ।
आदित्यनाथलाई बमले उडाउने धम्की आएको लखनाउ प्रहरीले जनाएका छन् ।
अगस्ट २ मा डायल–११२ हेल्पलाइनको ह्वाट्सएप नम्बरमा शाहिद नामका व्यक्तिले उक्त सन्देश पठाएको प्रहरीले जनाएको छ ।
हेडक्वार्टर स्टेसन कमाण्डर सुभाष कुमारले त्यहाँ सुशान्त गल्फ सिटी पुलिस स्टेसनमा सोमबार एफआइआर दर्ता गराइसकेका छन् ।
Sponsored
आरोपितलाई पक्राउ गर्न विभिन्न टोली गठन गरिएको प्रहरीले जनाएको छ। लखनउ प्रहरीका अनुसार यसमा साइबर सेल र सर्भिलेन्स टिमले पनि काम गरिरहेको छ ।