TodayPati

जनकपुर आर्ट एन्ड क्राफ्टद्वारा साउनमा महिलालाई निःशुल्क मेहदी

टुडेपाटी–
जनकपुरधाम, साउन २४ गते ।

जनकपुर आर्ट एण्ड क्राफ्टको आयोजनामा महिलाहरुलाई साउनभरी निःशुल्क मेहदी लगाइएको हो ।

जनकपुरधामको शिवचोकस्थित शिव मन्दिर अगाडि साउन महिनाको प्रत्येक सोमबार मेहदी लगाउनेको भीड लागेको थियो ।

Sponsored

साउन महिनालाई हरियालीको प्रतिकका रूपमा लिने गरिन्छ र मेहदी पनि दिएको हरियो जडीबुटीले बनेको औषधिय गुण भएको एक खालको श्रृङ्गारको सामग्री हो ।

यसले मिथिलाको कलालाई झल्काउनुका साथ प्रकृतिलाई जोगाउन र संस्कृतिलाई जोगाइ राख्न प्रोत्साहन पनि गर्छ । त्यसैले साउन महिनाको अवसरमा जनकपुर आर्ट एन्ड क्राफ्टको आयोजनामा मिथिला चित्रकला समूहले साउन महिनामा साउन विशेष “प्रकृति मार्फत जानुहोस्ू नाराका साथ निःशुल्क मेहदी क्याम्पियन सम्पन गरेका छन्।

साउनको सुरु महिनामा अधिकांश महिलाको हत्केला मेहदीको रङले रङ्गिने हुनाले साउने सोमवारलाई विशेष ध्यान दिई जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकको शिव मन्दिरमा पूजा गर्न आउने व्रतालुलाई मेहन्दी लगाउने लक्ष्य लिई निःशुल्क मेहदी क्याम्प सञ्चालनमा ल्याइएको आयोजक संस्थाले जनाएको छ । मिथिला चित्रकला मेहदी मार्फत हत्केलामा कोर्न पाउँदा झन खुसी लागेको अधिकारकर्मी सुभद्रा अलेले बताइन् ।

Sponsored

मेहदी लगाउने भनेरै त्यहाँ आएकी अर्की महिला डा. गायत्री झा भनिन्, “आजकल मेहदी लगाउन र पाउन छोडेका छन् त्यसैले मान्छेले बजारका केमिकल मिसावट मेहदी लगाउन बाध्य भएका छन् । केमिकल युक्त मेहदी स्वास्थ्यका लागि हानिकारक हुनुका साथै रङ पनि सुहाउँदो हुँदैन र छिटो मेटिने हुन्छ तर रुखबाट टिपेर बनाएको मेहदीको वासना पनि मगमगाउँछ, स्वास्थ्यको लागि पनि राम्रो हुन्छ र त्यसको रङ पनि छिटो जादैन त्यसैले रुखकै मेहदी लगाउन सल्लाह दिन्छु ।”

यस मेहदी क्याम्पियनम बालिका तथा पुरुष पनि रहेको आयोजक संयोजक रजत कायस्थले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *